केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया कपमा हङकङलाई पराजित गर्दै पाकिस्तान विजयी

सहयात्रा टिभी

एजेन्सी । असोज–१, एसिया कप क्रिकेटमा हङकङमाथि पाकिस्तानले ८ विकेटको सहज जित निकालेको छ। युएईमा जारी एसिया कप क्रिकेटमा उपाधि दाबेदार पाकिस्तानले विजयी सुरुवात गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो। पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय इनिङस् खेले।

यस्तै बाबर आजमले ३३ तथा फकर जमानले २४ रन जोडे। हङकङविरुद्ध ३३ रन बनाएसंगै आजमले एकदिवसीय क्रिकेटमा करियरको २ हजार रन पुरा गरेका छन्। उनले ४५ खेलमा २ हजार रन पुरा गरेका हुन्। पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७ ओभर १ बलमा अलआउट हुँदै ११६ रनमा समेटिएको थियो।हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन जोडे।

हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २–२ विकेट लिए। जितसंगै समूह एमा पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्