केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक गोली लागी घाइते

सहयात्रा टिभी

एजेन्सी । असोज–१, दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् ।

परिचय नखुलाइएका घाइते सैनिकको दक्षिण सुडानको राजधानी जुवामा उपचार भइरहेको छ । उनी हाल खतरामुक्त भएको जानकारी गराइएको छ । दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो ।

दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मी (एसपीएलए)ले गोली प्रहार गरेको बुझिन आएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्