केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१, आजबाट प्रतिनिधिसभाले विषयगत समितिको सभापति निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकले सभापतिको मनोनयन दर्ता र निर्वाचन समय तोक्ने तयारी गरेको छ ।

आगामी शुक्रबार सभापति निर्वाचन गर्ने गरी संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि गत भदौ १७ गतेका लागि तोकिएको निर्वाचन मिति अन्तिम समयमा स्थगित भएको थियो । प्रतिनिधिसभा नियमावली प्रयोग गरी सभामुख कृष्णबहादुर महराको निर्देशनमा निर्वाचन प्रक्रिया भदौ १५ गते अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्