केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के पेटमा बोसो लागेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपायहरु

सहयात्रा टिभी

काडमाण्डौं । असोज–१, मानिस मोटाउँदै जाँदा पेटमा बोसोको मात्रामा पनि वृद्धि हुँदै जाँन्छ । पेटमा अनावश्यक रुपमा बोसोको मात्रामा वृद्धि हुनु हेराइ र स्वास्थ्य दुवै दृष्टिकोणबाट सहि मानिन्दैन् । शरिरमा बोसो बढि हुनु भनेको विस्तारै विभिन्न किसिमका रोगहरुलाई निम्ता दिनु जस्तै हो । यसले रोग निम्त्याउनुका साथै सुन्दरतामा समेत ह्रास ल्याउँछ । त्यसैले अधिकांश मासिनहरु शरिर नमोटाएको र बासो नलागेको नै ठिक ठान्छन् । यदि शरिर मोटाउँदै गयो र बासो बढ्दै गयो भने त्यसलाई कम गर्न मानिसहरुले अनेक उपाय खोज्न थाल्छन् ।

पेटमा लागेको अनावश्यक बोसो घटाउने उपाय यस प्रकार छन् ।

–विहानै कागतिपानीको सेवन गर्ने,

विहान उठ्नासाथ कागती पानीको सेवन गर्नुपर्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नाले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

–गुलीया खानेकुराबाट टाढा रहने
शरिरको मोटो पना कम गर्न गुलीया खानेकुराबाट टाढा रहनुपर्छ । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

–मासुजन्य खानेकुराबाट टाढा रहने

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । त्यसैले शरिरको बोसो घटाउन चाहनेले मांसाहारी खानेकुरा छाडेर शाकाहारी हुनु जरुरी देखिन्छ ।

–पानी अत्याधिक मात्रामा पिउने

धेरै पानी पिउनाले पनि पेटको बासो घटाउन मद्यत मिल्छ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ ।

–बदामको सेवन गर्ने

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

–सागसब्जी बढि मात्रामा खाने

खानामा फल र सागसब्जी सामेल गर्नुपर्छ। बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

खानामा मसलाको प्रयोग कम गर्ने
खानामा मसलाको प्रयोग एकदम कम गर्ने । दालचिनी, मरिच, अदुवा, सुकमेल, लसुन, प्याजजस्ता बढि प्रयोग गर्दा पेट बढ्ने सम्भावना हुन्छ । त्यसले इन्सुलिन क्षमता बढाउन मघत पनि पुर्याउँछ ।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्