आजको राशिफल

सहयात्रा टिभी

असोज–२,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुखदुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । अफ्ट्यारा परिस्थितिहरुको सामना गर्नु परे पनि सफलता हात पर्ने छ । मानप्रतिष्ठा प्राप्त होला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
चोटपटक लाग्न सक्ने छ । स्वास्थ्यमा ख्याल राख्नु होला । आर्थिक समस्याको सामना गर्नुपर्ने योग देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भेटघाट हुने योग छ । आर्थिक आम्दानीमा वृद्धि होला । दिगो फाइदा हुने कामको थालनि हुने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्ने योग छ । आर्थिक उपार्जन राम्रो देखिन्छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शिक्षामा मन लाग्नेछ । अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने योग छ । व्यापारमा फाइदा हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम विग्रिने डरले सताउने छ । विश्वास गरेका व्यक्तिहरुबाट धोका होला । भर परेको मानिसहरुले गर्दा पछि पर्न सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अग्रजहरुको सहयोगले महत्वपूर्ण काम बन्ने योग छ । नयाँ कामको अवसर प्राप्त होला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विद्या र धन आर्जन हुने योग छ । दिगो फाइदा हुने काममा सम्झौता हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न उपहारहरुका साथै धन लाभ हुने योग छ । आलोचकहरुबाट पनि प्रशंसा प्राप्त होला । हर्ष बढ्ने योग देखिन्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक अभावको महशुस हुनेछ । टाढाका साथिभाईसँगको भेटघाटले टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
भैपरी आउने समस्याले जिम्मेवारी पूरा गर्न खर्चको जोहो गर्नुपर्ने चुनौती देखापर्न सक्छ। समस्याहरु आइलागेपनि समाधान गर्न सकिने छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
शिक्षा क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुनेछ । मान मर्यादा र प्रतिष्ठामा वृद्धि हुने योग छ ।

प्रकाशित : 18 September, 2018

प्रतिक्रिया दिनुहोस्