केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाको चीनसँगको व्यापार युद्ध चर्कियो

सहयात्रा टिभी

एजेन्सी । असोज–२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ। राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

यो आयात शुल्क पाँच हजारबढी वस्तुमा लागु हुनेछ । अमेरिकाले यसअघि पनि चीनियाँ सामानमा आयात शुल्क लगाइसकेको छ तर एकैपटक अत्यधिक शुल्क लगाइएको यो पहिलो घटना हो ।

यसमा ह्यान्डब्याग, चामल र कपडा समावेश गरिएका छन् तर केही वस्तु जस्तै घडी, प्ले पेनलगायतलाई यसमा समावेश गरिएको छैन । यद्यपी, यी वस्तुमा पनि चाँडै नै शुल्क लगाइने सम्भावना छ ।
चीनले अमेरिकी शुल्कको प्रतिवाद गर्दै अमेरिकी सामानमा पनि शुल्क लगाएको खण्डमा थप २ सय ६७ अर्ब बराबरको चिनियाँ सामानमा शुल्क बढाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन्।
चीनले विदेशी कम्पनीलाई मिडिया, टेलिकम, अटोमा लगानी प्रतिबन्ध लगाउँदै आएको छ। चीनले विदेशी कम्पनीलाई आफ्ना स्थानीय कम्पनीसँग साझेदार गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य पार्दै आएको आरोप अमेरिकाको छ।

चिनियाँ निर्यातका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो भने अमेरिकी सामानका लागि चीन तेश्रो ठूलो बजार हो। अमेरिकाले चीनमाथि लगाएको कतिपय भन्सार शुल्कले अमेरिकन कम्पनीलाई मार पार्नेछ। एप्पल कम्पनीले चीनमा बन्ने कतिपय आफ्ना उत्पादन अमेरिकामा महङ्गो हुने ट्रम्प प्रशासनलाई चिठ्ठी लेखेको थियो।

प्रकाशित : 18 September, 2018

प्रतिक्रिया दिनुहोस्