निर्मला हत्या काण्ड :  महिला प्रहरीको टोली कञ्चनपुरमा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२, १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली खटाएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले बताए । उनले भने ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’ती अधिकारीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने बताएका छन् ।

प्रकाशित : 18 September, 2018

प्रतिक्रिया दिनुहोस्