सिन्धुपाल्चोकमा गोरुले दुध दिएपछि

सिन्धुपाल्चोक । असोज–२, सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुराना गाँउका सोनाम तामाङले पालेको गोरुले दुध दिन थालेको छ । तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको बताइएको छ ।
हाल तामाङको घरमा गोरुले दूध दिएको हेर्न आउने मानिसहरुको भिड नै लाग्ने गरेको छ । कोहि कोहिले त गोरुको दूध अमृत मानेर पिउने गरेको समेत बताइएको छ ।
तामाङका अनुसार गएको जेठ महिनाबाट गोरुको अण्डकोश छेउमा रहेका थुनहरु बढेको हो । थुन बढेको केही समयपछि गोरुको थुनबाट दूधको थोपा खसेको थियो । त्यसपछि तामाङले दूध हो कि भनेर परीक्षण गरेपछि चारमध्ये २ वटा थुनहरुमा दूध आउने गरेको बताउँछन् ।
हेलम्बु पशु सेवा कार्यालयका प्रमुख टोपबहादुर बराल भने हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति नभएको बताउँछन् ।