अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता
काठमाण्डौं । असोज–३, चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ।
भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष प्रचण्डको योगदानको प्रशंसा गरे।
त्यसैगरि अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ विचार सिजिङपिङ विकास गरी चीनलाई नयाँ उचाईमा पु¥याएकोमा खुसी व्यक्त गरे।
छलफलका क्रममा प्रचण्डले भने ‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्त्व राख्दछ । बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो।’