केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चलचित्र ‘बाँध मायाले’को टिकट काट्दा १५ प्रतिशत ‘क्यास ब्याक’

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३, असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को टिकट काट्दा १५ प्रतिशत क्यास ब्याक हुने भएको छ । ‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइन मार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले १५ प्रतिशत क्यास ब्याक पाउनेछन् ।

यो अफर चलचित्र हलमा चलिन्जेलसम्म कायम रहनेछ । यो एप मार्फत चलचित्र हेर्नका लागि आफ्नो उपयुक्त समय र सिट रोजेर दर्शकले टिकट काट्न पाउनेछन् ।

सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । रामहरी धिताल र विभिषिका श्रेष्ठको लगानी रहेको चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रुपमा छन् ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्