केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुकर बन्यो शहरको मेयर

सहयात्रा टिभी

एजेन्सी । असोज–३, अमेरिकामा जनताहरुले नेताको विकल्पमा कुकुरलाई शहरको मेयर बनाएका छन् । क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको मेक्सिमस म्यूलर नाम गरेको कुकुरलाई मेयर बनाए कुुर्सी सुम्पिएका हुन् ।

मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ । दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र मित्जी हो । उनीहरु दिदीभाई हुन् । मेयर चाहीँ उनीहरुको भतिज हुन् । मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ ।

नयाँ मेयरको कार्यजिम्मेवारी अन्तर्गत पर्यटक, स्थानीय मानिसहरु तथा सञ्चार माध्यमसँग धेरै भन्दा धेरै तस्वीर खिचाउनु रहेको छ । साथै सहरमा हुने हरेक सार्वजनिक कार्यक्रममा मेयर अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्