केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युइएफए च्याम्पियन्स लिगमा लिभरपुल विजयी

सहयात्रा टिभी

एजेन्सी । असोज–३, युरोपियन फुटबल एशोसिएसन (युइएफए) च्याम्पियन्स लिगको समूह चरणको खेलमा लिभरपुल विजयी भएको छ । बुधबार भएको खेलमा पेरिज सेन्ट जर्मनलाई ३–२ गोलले पराजित गर्दै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका डेनियल स्ट्ररिजले ३० मिनेटमा गोल गरेका थिए। ३६ मिनेटमा जेम्स मिल्नरले अर्को गोल थपेपछि लिभरपुलको अग्रदा दोब्बर बन्यो।

६ मिनेट फरकमा दुई गोल खाएपछि सेन्ट जर्मनमाथि दबाब बढेको थियो। ४० मिनेटमा थोमस म्युनियरले गोल गरेपछि सेन्ट जर्मन खेलमा फर्किएको थियो। तर, खेलमा फर्के पनि ब्राजिलियन स्टार नेयमारमा जुनियर र उरुग्वेका एडिन्सन काभानीले स्कोर गर्न सकेनन्।

८३ मिनेटमा नेयमारको पासमा किलियन एमबाप्पेले गोल गरेपछि टिम बराबरीको स्थितिमा पुगेको थियो। तर, फिर्मिनोले इन्युरी समयमा गोल गर्दा पेरिस सेन्ट जर्मन ३–२ मा समेटियो।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्