केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स लिग : साविक विजेता रियल मड्रिड विजयी

सहयात्रा टिभी

एजेन्सी । असोज–४, यरोपियन्स च्याम्पियन्स लिग अन्तर्गत गएराती सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ । सान्टियागो बर्नेबेउमा भएको समूह जी को खेलमा रियल मड्रिडले इटालियन क्लब रोमालाई ३–० गोलले पराजित गरेको हो ।

खेलमा ४५ औं मिनेटमा इस्कोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलले अघि रहेको रियल मड्रिडले दोस्रो हाफमा २ गोल गर्दा रोमाले भने गोल गर्न सकेन ।

खेलको ५८ औं मिनेटमा बेलले गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा डेइजले गोल गरेपछि रियल मड्रिले रोमालाई ३–० गोलले पराजित गरेको हो । त्यस्तै, बुधबार राति नै भएको यही समूहको अर्को खेलमा भिक्टोरिया प्लेजन र सीएसकेए मस्को २–२ गोलको बराबरीमा रोकिएका छन् ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्