केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘छक्का पञ्जा ३’ को पोष्टर रिलिज

सहयात्रा टिभी

काठमाण्डौं । असोज–४, यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को पोष्टर रिलिज भएको छ। बुधबार निर्माण युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको पोष्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पाँच कलाकारलाई फिचर गरिएको छ। जहाँ दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र वुद्धि तामाङ आ-आफ्नो भूमिकामा प्रस्तुत छन्।

दिपाश्री निरौलाको निर्देशनमा तयार भएको यो सिनेमाको पोष्टरमा चलचित्रकी अर्की कलाकार प्रियंका कार्कीले स्थान पाएकी छैनन् । निर्देशक निरौलाले चलचित्रको ट्रेलरले यसको कथावस्तु के हो भन्ने खुलाउने बताएकी छन् ।

शनिबार बिहान यस चलचित्रको ट्रेलर सार्वजनिक हुँदैछ । छक्का पञ्जा ३ मा दीपकराज, जितु, केदार, वुद्धि, दीपिकासँगै निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला लगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्