केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गर्मी मौसमका लागी उपयोगी तरकारीहरु के के हुन् ? थाहा पाइराख्नुस्

सहयात्रा टिभी

काठमाण्डौं । असोज–४, गर्मी मौसममा खानपानमा निकै ध्यान पु¥याउनु पर्नेहुन्छ । खानपानको सन्तुलन थोरै मात्र पनि नमिले विरामी परिने सम्भावना बढि हुन्छ । विशेष गरेर गर्मी मौसममा के कस्ता तरकारीहरुको सेवन गर्ने भन्नेमा ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसममा बढि तारेको, मसला र तेल बढि प्रयोग भएका तरकारीहरुको सेवन गर्नु हुँदैन् । शरिरलाई शितलता प्रदान गर्ने किसिमका तरकारी खानाले गर्मी मौसमा निकै फाइदा हुने गर्छ । सजिलै पचाउन सकिने किसिमका खानेकुराहरुलाई यस मौसमा बढि प्राथमिकता दिनु पर्छ । कस्ता किसिमका तरकारीहरुले शितलता प्रदान गर्छन भन्ने थाहा नहुँदा गर्मी बढाउने किसिमका तरकारीहरु पनि सेवन गरिरहेका हुन सक्छौँ । त्यसैले गर्मी मौसममा खान मिल्ने तरकारीहरुको बारेमा जानकारी हुनु अति आवश्यक हुन्छ ।

गर्मी मौसममा निम्न किसिमका तरकारीहरुको सेवन गर्न सकिन्छ
–फर्सि
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।
–गोलभेडा
गर्मी मौसममा खान उपयुक्त तरकारी मध्ये एक गोलभेडा पनि हो । गोलभेडाले शरिरमा गर्मी बढ्न दिँदैन् । भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।
–लौका
लौका गर्मी मौसमका लागी अति उपयोगी तरकारी हो । लौकामा ९६ प्रतिशत पानी हुन्छ । यसले शरिरलाई शितलता प्रदान गर्न मद्यत गर्छ । यसमा क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।
–करेला
करेला सजिलै पचाउन सकिने तरकारी हो । यसमा प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।
–हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।
–काँक्रा
काँक्रा गर्मी मौसमा अत्यन्तै रुचाइने तरकारी जन्य खानेकुरा हो । यसलाई पकाएर नखाए पनि सलादको रुपमा, अचार बनाएर अथवा गर्मी भएको समयमा त्यतिकै पनि खाने गरिन्छ । यसले शरिरलाई चिसो बनाउन मद्यत गर्छ ।
– प्याज
गर्मी मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा पनि खान सकिन्छ । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । प्याज गर्मी मौसमका लागी अति उपयोगी मानिन्छ ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्