केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहाड जत्रै बन्दा फलेपछि हेर्नेको भिड

सहयात्रा टिभी

एजेन्सी । असोज–४, बेलायतमा एउटा पहाड जत्रै ३० केजीको बन्दा फलेपछि हेर्न आउनेहरुको भिड नै लागेको छ । एक ७५ वर्षीय नीम इयान नाम गरेका किसानले आफ्नै बारीमा ३० केजीको बन्दा फलाएका हुन् ।

नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दा प्रदर्शनमा राखेका छन् । भिमकाय तरकारी फलाउनमा निकै सिपालु मानिने इयानले उक्त वजनदार बन्दाको कारण पुरस्कार समेत प्राप्त गरेका छन् ।

उनले यस अघि पनि निकै लोभ लाग्दा आकर्षक र वजनदार तरकारीहरु फलाउने गरेको बताइएको छ । उनले फलाएको बन्दालाई प्रदर्शनमा राखेपछि उक्त बन्दा हेर्न आउनेको भिड नै लागेको थियो । धेरैले उनको प्रशंसा गरेका थिए भने अधिकांशले उनको हातमा नै जादु भएको बताए ।

पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक तबरले उब्जाएको उनको दाबी छ । तर यो उब्जाउनका लागि निकै मेहेनत उनले गर्नुपर्यो । आफुले अहिले पनि आफ्नो बारीमा अन्य ठूला तरकारीहरु फलाइरहेको भन्दै उनले केही समयपछि नै ती तरकारीहरु पनि प्रदर्शन गर्ने बताएका छन् ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्