केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्माण व्यवसायी एकजुट हुनुपर्छ : जीव छिरिङ्ग लामा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–४, नेपाल निर्माण व्यवसायी महासंघको २० औँ साधारणसभा र ११ औँ महाधिवेशन राजधानीमा आजबाट सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागी आज प्रधानमन्त्री केपी शर्मा ओलीले महासघंको साधारणसभाको उद्घाटन गर्नुभएको हो ।


असोज ६ गते शनिबार महासंघको नयाँ नेतृत्वको छनौट गरिनेछ । महासंघमा २० औँ अधिवेशनका लागी विभिन्न पदमा हालसम्म धेरै जनाले उमेदवारी दिइसकेका छन् । निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा निर्माण व्यवसायी जीव छिरिङ्ग लामाले सबै निर्माण व्यवसायीहरुलाई नयाँ नेतृत्वको छनौट प्रकृयालाई निर्विरोध बनाउने वातावरण तयार गर्न आग्रह गर्नुभएको छ ।

सहयात्राटिभीसँग कुरा गर्दै लामाले आगामी दिनमा देशभरका निर्माण व्यवसायीहरु एकजुट भएर देशको विकास निर्माणमा लागी पर्नुपर्ने बताउनुभयो।

उहांले सबै निर्माण व्यवसायीहरुलाई आफ्नो प्रतिष्ठाको ख्याल गर्दै समयमा नै गुणस्तरीय हिसावले काम सम्पन्न गर्न समेत आह्वान गर्नुभयो । वर्तमान समयमा निर्माण व्यवसायीहरुका निम्ति देशको वातावरण त्यति अनुकुल नरहेको र राज्य पक्षबाट समेत निर्माण व्यवसायीलाई आवश्यक सहयोग गरिनुपर्नेमा पनि लामाको जोड थियो ।
साथै, महासंघका पूर्व अध्यक्ष लामाले शनिबार हुने अधिवेशनको लागी सम्पूर्ण निर्माण व्यवसायीहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्