आजको राशिफल

सहयात्रा टिभी

असोज–५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिम्मेवारी बढ्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त होला । पढाइमा ध्यान जानेछ । शिक्षा क्षेत्रमा सफलता मिल्ने योग छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
सोचेका कुराहरु पुरा हुन सक्नेछन् । मनमा हर्ष छाउनेछ । अरुका बारेमा अनावश्यक चासो दिनु उपयुक्त हुँदैन् । स्वास्थ्यको ख्याल राख्नु होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
चोटपटक लाग्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला । काममा बाधा अवरोध आउन सक्छन्, नअतालिइ काम गर्दा सफल हुन सकिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हर्षोल्लासमा दिन वित्नेछ । स्वास्थ्यमा केहि ख्याल राख्नु जरुरी हुन्छ । बोलि व्यवहारमा ध्यान दिन नसके अरुको मनमा चोट पुग्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साथीभाई टाढा हुन सक्छन् । स्वास्थ्य कमजोर हुनेछ । प्रतिस्पर्धामा सफल हुने सम्भावना बढि देखिन्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिबस कुनै बन्धनमा पर्न सकिनेछ । मेहनेत र बुद्धिले काममा सफल हुनुको साथै फाइदा समेत हुन सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरेलु समस्यामा पर्न सकिनेछ । केहि झमेला वा विवादास्पद कुरामा अल्झनु पर्दा समय व्यर्थ हुन सक्छ । अनावश्यक व्यक्तिहरुबाट सतर्क रहनु राम्रो हुन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक समस्याले गर्दा काममा केहि बाधा उत्पन्न हुन सक्छ । समय प्रतिकुल हुने हुँदा कुनै पनि निर्णय गर्नु पूर्व गहन रुपमा सोच्नु पर्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। वादविवादमा भरसक अघि नसर्नुहोला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुने योग छ । मेहनेतबाट काम राम्रो हुनुको साथै प्रतिष्ठामा समेत वृद्धि हुने छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
चुनौतिको सामना गर्नु पर्नेछ । आर्थिक अभाव झेल्नु पर्ला । एउटै कामलाई दोहो¥याएर गर्नु पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन आलोचकहरुबाट बढि नै दुखा पाइन सक्छ । निकै चुनौतिका बाबजुत पनि काममा सफल भइनेछ ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्