केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तान्जानियामा भयानक फेरी दुर्घटना हुँदा कम्तीमा ४२ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । असोज–५, तान्जानियाको भिक्टोरिया तालमा भएको फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान गएको छ । बिहीबार दिउँसो उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको फेरी दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको हो ।

तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ । फेरीमा झण्डै ४ सय जना रहेको र झण्डै २ सय जना यात्रु डुबेको आशंका गरिएको छ ।

मुगोरारा र उकाला टापुको यात्रामा निस्केको फेरीको क्षमता १ सय जनाको मात्रै भए पनि क्षमताभन्दा निकै बढी यात्रुहरु चढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तान्जानियाको इलेक्ट्रिकल, मेकानिकल एण्ड इलेक्ट्रिोनिक्स सर्भिस एजेन्सीले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको बताएको छ । तर हराइरहेका ठूलो संख्याको उद्धार हुन सकिरहेको छैन । लामो समय नदीमा डुबेकाले उनीहरुको जीवितै उद्धार हुने सम्भावना क्षीण छ ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्