=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


आजबाट इन्द्रजात्रा शुरु, ३६ हात लामो लिंगो ठड्याइयो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–५, उपत्यकाकै ठूलो चाड मानिने इन्द्रजात्रा आजबाट विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व आज बिहान काठमाण्डौको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो ।

आज नालाको जंगलबाट ल्याइएको लिंगो आठ बजेर पाँच मिनेटको शुभ साइतमा ठड्याइएको थियो ।
विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवारी भाषामा यः सिं भनिन्छ ।

आजदेखि ईन्द्रजात्राको आकर्षणका रूपमा रहेको पुलुकिसि र लाखेनाच पनि सुरु हुन्छ । इन्द्रजात्रा अन्र्तगत सोमबारवाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन कुमारी घरबाट सुरु हुंदै काष्ठमण्डप, ह्युमत, जैसीदेवल, क्वहिटी, लगन हुंदै कुमारी घर अगाडी ल्याई रथ विश्राम गरिन्छ । रथयात्राको पहिलो दिन राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन छ ।

मंगलबार रथयात्रा कुमारी घरबाट सुरु भई नरदेवी, तेंगल, बांगेमुढा, असन, बालकुमारी मखन, हनुमानढोका हुँदै कुमारी घरमा आइपुग्नेछ । शुक्रबार कुमारी घरबाट रथयात्रा गर्दै नरदेवी, किलागल, भेडासिङ, इन्द्रचोक, मखन हनुमानढोका हुँदै कुमार घर आइ टुंगिन्छ ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्