केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेश अफगानिस्तानसँग पराजित

सहयात्रा टिभी

एजेन्सी । असोज–५, एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेश अफगानिस्तानसँग १ सय ३६ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले बंगलादेशलाई २ सय ५६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याउन मैदानमा जवाफी ब्याटिङका लागि उत्रिएको बंगलादेश १ सय १९ रन मात्र बनाउन सक्यो र नतिजा अफगानिस्तानलाई सुम्पन बाध्य भयो ।

अफगानिस्तानको जीतको लागि अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ सो खेलमा महत्वपूर्ण सावित भयो। खेलमा उनले अर्ध शतक प्रहारका साथमा टिमका लागि २ विकेट पनि लिएका थिए।

शकिब अल हसनले ३२, महुमुदुल्लाहले २७ तथा मोसादेक होसैनले नटआउट २६ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको खेलमा बंगलादेशको ब्याटिङ निकै फितलो रहयो ।

अफगानिस्तानका लागि रशिद, मुजिब उर रहमान र नाइबले २-२ विकेट लिए । अफताब आलम, मिहमद नाबी र रहमत शाहले १-१ विकेट हात पारे । यस्तै टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन जोडेको थियो ।

४१ औं ओभरमा १६०(७ को स्थितिमा रहेको अफगानिस्तानलाई रशिद र गुल्बदीन नाइबको अविजित साझेदारीले उकासेको थियो । यी दुइले आठौं विकेटका लागि ५५ बलमा अविजित ९५ रन जोडे । नाइबले ३८ बलमा ५ चौकाको मदतले नटआउट ४२ रन बनाए । रशिदले अर्धशतक जोड्ने क्रममा ३२ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५७ रनमा नटआउट रहे ।

खेलमा मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीले ५८ रन जोड्दै इनिङस सम्हालेका थिए । उनले ९२ बलमा ३ चौका प्रहार गरेका थिए । ओपनर मोहमद सहजादले ४७ बलमा ४ चौकासहित ३७ रन बनाए । यस्तै समिउल्लाह शेनावारीले १८ रन र मोहमद नाबीले १० रन जोड्दा कप्तान अश्गर अफगान र इहसानउल्लाहले ८(८ रन जोडे । बंगलादेशका लागि शाकिब अल हसनले ४, अबु हैदरले २ तथा रुबेल होसेनले १ विकेट हात पारेका थिए ।

 

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्