केपी ओली प्रचण्ड माधव नेपाल एमाले


थाहा पाइराख्नुस्, यस्ता छन् तोरीको तेल प्रयोग गर्नुका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–५, तोरीको तेललाई निकै महत्वपूर्ण मानिन्छ । विभिन्न किसिमको औषधीको रुपमा पनि तोरीको तेललाई प्रयोग गरिन्छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेल जस्तै हुन्छ ।

तोरीका तेलका फाइदाहरुलाई यसरी हेर्न सकिन्छ

–दम रोगीको लागी उपयोगी
तोरीको तेलको उपयोगले दम रोगको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ ।

–मस्तिष्कको कार्यक्षमता बढाउन
मस्तिष्कको कार्यक्षमतामा वृद्धि गर्न तोरीको तेल निकै उपयोगी हुन्छ । नियमित रुपमा तोरीको तेल प्रयोग गर्ने मानिसको मस्तिष्को कार्यक्षमतामा वृद्धि हुने हुँदा यसको उपयोग फाइदा जनक मानिन्छ ।

क्यान्सरको खतरा कम गर्न मद्यत गर्छ
तोरीको तेलमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो ।

–चिसो र रुघा निको पार्न
तोरीको तेलमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

–जोर्नी दुख्ने र बाथ निको पार्न
तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ ।

छाला स्वस्थ बनाउन मद्दत गर्छ
तोरीको तेलले शरिरका छालालाई स्वास्थ्य बनाउन मद्यत गर्छ । तोरीको तेल तरकारीमा नियमित प्रयोग गर्ने र छालामा पनि लगाउने गर्नाले यसले छाला सम्बन्धि रोगहरुबाट टाढा राख्न मद्यत मिल्छ ।

दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
तोरीको तेलको सेवनले दाँत समेत सेतो बन्छ । यसका साथै नियमित तोरीको तेल सेवनले दाँत सम्बन्धी समस्याहरु हटाउन समेत मद्यत पुग्छ ।

–मुटुुका लागि उपयोगी
तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्