केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रक्सीको सुरमा सर्प निलेपछि गयो ज्यान

सहयात्रा टिभी

एजेन्सी । असोज–५, रक्सीले मातेपछि मान्छेले जे पनि गर्छन भन्ने सुनिएको थियो । तर रक्सी पिएपछि यति विधि वेसुर हुन्छन भन्ने चाहिँ पहिलो पटक थाहा भयो ।

एक जना रक्सीले निकै मात्तिएका व्यक्तिले सिङ्गो सर्पलाई नै निलेका छन् । भारतको उत्तर प्रदेशको अमरोहामा हालै एक व्यक्तिले रक्सीले मात्तिएको बेला जिउँदा विषालु सर्प खाए । सर्प खाएर बहादुर सावित हुन खोजेका उक्त व्यक्ति भने लामो समयसम्म बच्न सकेनन् । उनको पनि मृत्यु भएको छ ।

४० वर्षका महिपाल नामका व्यक्ति रक्सीले चूर भएर सडकमा हल्लिँदै हिडिरहेका थिए । उनले सडकमा घस्रिरहेको सर्पको बच्चा देखे । त्यसलाई हातमा हल्लाउँदै हिँडिरहेका महिपाललाई अन्य मानिसहरुले रोक्नुको सट्टामा उक्साइरहेका थिए । रक्सिले होस नै गुमाइसकेका ती व्यक्तिले उक्त सर्पको बच्चालाई मुखमा हालेर निले । त्यसपछि केहि समयमा नै उनको अवस्था बिग्रियो । उनलाई तुरुन्तै अस्पताल लगियो तर उनी बाँच्न भने सकेनन् ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्