केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चलचित्र ‘लजर्स’को शुभमुहूर्त सम्पन्न

सहयात्रा टिभी

काठमाण्डौं । असोज– ४, नातेश्वर फिल्म प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘लजर्स’ को शुभमुहूर्त सम्पन्न भएको छ । बुधबार काठमाडौंको मुलपानीस्थित एक मन्दिरमा चलचित्रको शुभसार्इत गरिएको हो ।

कलाकारहरु करण श्रेष्ठ, लिला श्रेष्ठ, हरि भक्त श्रेष्ठ र जय के तमाङले मुहूर्त सट दिएका थिए । आर बी मिजारको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकन महेंद्र थापाले गर्ने भएका छन भने एक्शन कुमार श्रेष्ठको रहने छ ।

चलचित्र गोपाल चन्द्र राइको शब्द तथा आदिराम राइको संगीतमा निर्माण हुन लागेको छ । चलचित्र नेपाली सामाजिक कथामा आधारित रहेको र विभिन्न क्षेत्रबाट समाजमा हारेका मान्छेहरुको कथामा आधारित रहेको लेखक तथा निर्देशनक आर बी मिजारले जानकारी गराए । चलचित्रले समाजमा शिक्षामुलक र सकारात्मक सन्देश दिने निर्माण पक्षको विश्वास रहेको छ ।

चलचित्रमा कबिता सुनुवार,करण श्रेष्ठ, रेनुका चौहान, भुवन चौलागाँई, लीला कुमार श्रेष्ठ, दिल बहादुर श्रेष्ठ, टलक श्रेष्ठ, खेम राज पुन,बिनिता तमाङ, मेरिना मानन्धर र जय के तमाङ लगायतका कलाकारको अभिनय रहने निर्माण टिमले जनाएको छ ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्