केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रेमिका भेट्न गएका युवकलाई जुत्ताको माला लगाई घुमाइयो बजार

सहयात्रा टिभी

एजेन्सी । असोज–७, भारतको बुलंदशहर नगर कोतवाली भन्ने ठाउँमा प्रेमिका घेट्न गएका एक युवकलाई गाउँलेहरुले दुरगति पारिदिएका छन् ।

प्रेमिको घर नजिकै पुग्दा त्यहाँका मानिसहरुले उनलाई केरकार गरे । केरकारबाट उनी प्रेमिका भेट्न आएको भन्ने थाहा पाएपछि गाउँलेहरुले उनका कपाल सबै खौरिदिए । त्यतिले मात्र चित्त नबुझेपछि जुत्ताको माला लगाएर उनलाई पुरै बजार नै घुमाए । बजार घुमाइ रहँदा उनलाई मानिसहरुले पिटि पनि रहेका थिए ।

प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने प्रेमिका कै गाउँलेका साथै परिवारका सदस्यहरु रहेको बताइएको छ । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजाय दिएका हुन् ।

युवकलाई कुटपिट गर्दै अपमान गरिरहँदा कसैले प्रहरीलाई खबर गरेपछि प्रहरीले युवकलाई लिएर गए पछि मात्र घटना साम्य भएको थियो । हाल केटा र केटी दुवै पक्षबाट प्रहरीमा उजुरी दिइएको छ ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्