केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भूमिकामा महिला पुरुष दुवै : पुरुष चरित्रवान, अनि महिला चरित्रहिन ?

सहयात्रा टिभी

सहायात्राटीभी : यौन व्यवयास भन्ने वित्तिकै हाम्रा जस्तो मुलुकमा असभ्य मानिन्छ । हाम्रो समाज र संस्कारमा यो पाच्य छैन । तर विश्वका धेरै मुलुकहरुमा यौन व्यवसायलाई कानुनी मान्यता नै दिइएको छ । यस व्यवसाय संञ्चालनका निम्ति एउटा छुट्टै स्थान तोकिएको हुन्छ भने व्यवसायमा संलग्नले परिचय पत्रसमेत प्राप्त गर्ने व्यवस्था विश्वका धेरै मुलुकहरुमा रहेको पाइन्छ ।

नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिइएको छैन र यसलाई समाजले स्वीकार्न पनि सक्दैन । तर पनि भित्र भित्रै धेरै महिलाहरु यो व्यवसायमा संलग्न रहेको पाइन्छ । उपत्यकाका होटलहरुमा छापा मारेर प्रहरीले पटक पटक यौन व्यवसायी महिलाहरुलाई पक्राउ गरेको प्रत्यक्ष उदाहरण हाम्रै सामु छन् । कोहि बाध्यताले त कोहि पैसाको लोभले यो व्यवसायमा संलग्न हुने गरेका तथ्यांक सार्वजनिक हुने गर्छन् ।

नेपालका धेरै चेलीहरु भारतको मुम्बइमा यौन व्यवसायका निम्ति बेचिने गर्छन् । आफ्ना आफन्त हुँ भन्नेहरुले नै अनेक बाहानामा फकाएर, बेहोस बनाइ झुक्याएर भारतको मुम्बइ लगी यौन व्यवसायीलाई बेच्ने गरेको सयौँ उदाहरण हाम्रा सामु छन् । थोरै महिला शोखले अनि धेरै महिला बाध्यताले यो व्यवसायमा लाग्ने गर्छन् । अन्य देशमा बेचिने अधिकांश महिलाहरु बाध्यतामा हुन्छन् भने नेपालमा पनि धेरै महिलाहरुले आफुसँग अन्य कुनै विकल्प नभएपछि यो क्षेत्र अंगाल्ने गरेको देखिएको छ ।

स्वएच्छाले होस् अथवा बाध्यताले यस व्यवसाय अंगाल्ने यौन व्यवसायी महिला हाम्रो समाजका घृणका पात्र बन्न पुग्छन् । यस किसिमका महिलाहरुलाई त यो समाजले अनेक थरी नाम दिएको छ र बदनाम गरेको पाइन्छ । प्रहरीले पक्राउ गर्छ महिलालाई नै, यौन व्यवसाय भन्ने वित्तिकै नाम आउँछ महिलाकै, समाजमा बदनाम हुन्छ महिलाकै, यसो भनि रहँदा लाग्छ यस्तो कुकाम गर्ने महिला मात्र हुन् । तर होइन यस व्यावसाय चल्न त महिला र पुरुष दुवैको उत्तिकै हात हुन्छ तर बदनाम, वेइज्जत भने महिलाको मात्र किन ?

एउटी महिलाले आफ्नो र परिवारको आवश्यकता पुरा गर्न रोजेको यो पेशा समाजको लागी घृणित भइरहँदा घरकी श्रीमति विर्सिएर, छोरा छोरी विर्सिएर बाहिरकी महिलासँग जाने पुरुष यहां सम्मानित हुन्छ कसरी ? यसो भनिरहँदा यौन व्यवसाय राम्रो हो भन्न खोजेको भने पक्कै पनि होइन । गलग आशय यसमा नलागोस् । खाली यहां महिला र पुरुषलाई हेर्ने दृष्टिकोणको अन्तर छुट्टयाउन मात्रै खोजिएको हो । यौन व्यवसाय हाम्रो जस्तो समाजको लागी कुकर्म हो, संस्कार र संस्कृतिविरुद्ध हो भने यस्तो कार्य वास्तवमै समाजविरुद्धको कार्य हो । तर यसमा महिलालाई मात्रै दोषी देखाईनु समाजको अर्को ठूलो भुल पनि हो । जुन कार्यमा महिला र पुरुष दुवैको उत्तिकै दोष हुन्छ यस कार्यमा समाजले महिलालाई मात्र आछेप लगाउनु भने समाजको महिलाप्रतिको धारणा अझै संकुचित छ भन्ने प्रस्ट्याउनु हो । एउटी कुमारी महिला गर्भवति हुँदा यो समाजे उसलाई थुक्छ मानौ उ एक्लै, आफैँ गर्भवती भएकी हो, त्यहाँ कुनै पुरुषको गल्ती छैन् ।

संसारका सबै पुरुषहरु चरित्रवान हुने भए कुनै पनि महिला चरित्रहिन हुने थिएनन् भन्ने कुरा यस समाजले कहिले बुझ्ने ? यसर्थ, नेपाली समाज हिजो पनि पुरुषवादी सोचले जकडिएको थियो, आज पनि छ र यहि हिसावले महिलालाई हेयको दृष्टिले हेरिने हो भने भोलि पनि पुरुषवादी सोच नै हावी हुने निश्चित छ । तसर्थ, समाजले तव मात्रै कांचुली फेर्छ, जव समाजले सोच बदल्छ, तपाई हामी व्यक्ति, व्यक्तिले जव आफ्नो पुरातन सोच बदल्छौं, अनि राज्यले यस मुद्धालाई गम्भिर रुपले लिनेछ ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्