केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज– ८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयस्रोत कमजोर हुन सक्छ । चिताएको काममा बाधा पर्न सक्छ । आयस्रोत कमजोर हुने हुँदा कामको लागी पैसा ऋण लिनुपर्ने अवस्था आउने छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
नयाँ ठाउँबाट नयाँ कामको अवसर आउने छ । साथ दिनेहरु प्रसस्त भेटिनेछन् । प्रतिष्ठित काम गर्ने योग छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। जिम्मेवारी प्राप्त भए पनि अरुको लागी समय खर्च गर्नु पर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती देखिनेछन्। अरुको स्वार्थमा उपयोग हुन सकिएला, सतर्क रहनुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरै मेहनत पछि चिताएको काम बन्नेछ । यात्रा गर्ने अवसर प्राप्त होला । आतिथ्य भने खर्चिलो हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला । आफ्नो व्यक्तित्वले अरुलाई प्रभाव पार्न सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो बुद्धिले अरुले फाइदा उठाउन सक्छन् । प्रतिकुल समयका बाबजुत पनि लक्ष्यमा पुग्न सकिने योग छ । शिक्षा क्षेत्रमा राम्रै प्रगति होला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि सताउने देखिन्छ। यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यको ख्याल राख्नु पर्ला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढ्ने योग छ । नयाँ कामको अवसर प्राप्त होला । समय अनुकुल रहने हुँदा सोचेको काम बन्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलबारदेखि परिस्थिति केही असहज बन्ने हुँदा बोली व्यवहारमा सजग रहनुहोला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्