केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘छिरिङ्ग’को ‘ए कान्छा मलाई’ रिलिज

सहयात्रा टिभी

काठमाण्डौं । असोज–८, अभिनेता तथा गायक यश कुमारको डेब्यु निर्देशन रहेको फिल्म ‘छिरिङ्ग’को नयाँ गीत सार्वजनिक भएको छ। अरुणा लामा र रुद्र गुरुङको चर्चित गीत ‘ए कान्छा’को पहिलो हरफलाई रि-रेकर्डिङ गरी यस फिल्ममा समावेश गरिएको छ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार यो चलचित्रलाई यश कुमार आफैले निर्देशन गरेका हुन् । यो चलचित्रमा निमा रुम्बा, यश कुमार र कामना भुजेलको अभिनय छ ।

असोज १२ गतेबाट प्रदर्शनमा आउने यस फिलममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको लगानी रहेको छ।

यश कुमार र याम थापाको पटकथा समावेश फिल्मले बहुपतिप्रथाको विषयलाई उठान गरेको छ। दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व नै फिल्मको मुख्य कथाबस्तु हो।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्