केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोहि, गोमन सर्प लगायत चार सय जनावर पालिएको घर

सहयात्रा टिभी

एजेन्सी । असोज–८, फ्रान्सको नान्टेसमा एक व्यक्तिको घरभित्र गोमन सर्प घुमिरहेको हुन्छ । ५० किलो तौलको कछुवा बाहिर बगैँचामा डुलिरहेको हुन्छ । बेडरुममा मज्जाको ओछ्यानमा एउटा घडियाल सुतिरहेको हुन्छ ।

६७ वर्षका फिलिप जिलेट नाम गरेका एक व्यक्तिले पुरै ४ सय प्रकारका जनावरलाई आफ्नै घरमा पालेका छन् । उनले सबै जनावरहरुका निम्ति अनुकुल वातावरण तयार गरेका छन् ।

उनी आफुले पालेका सबै जिवजन्तुलाई आफैले खाना खुवाउछन् र आफ्नै सन्तानलाई जस्तो माया गरी राखेका छन् ।उनका अनुसार मानिसले जनावरको आनीबानी र गुण नबुझ्नाले जनावरहरुमाथि नराम्रो व्यवहार गर्ने गरेका हुन् । जब मान्छेले जनावरलाई बुझ्दछन् तब आफै जनावरसँग नजिकिने उनको भनाई छ ।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्