केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह गर्न नमानेपछि तेजाव र छुरा प्रहार

सहयात्रा टिभी

नवलपरासी । असोज–९, एक पुरुषले आफुसँग विवाह गर्न नमानेपछि एक महिलालाई तेजाव र छुरा प्रहार गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीमा एक ३६ वर्षीय पुरुषले ३० वर्षीया महिलामाथि छुरा प्रहार गरेका हुन् ।

विमल श्रीपाली नाम गरेका पुरुषले आफ्नै ठाउँकी बसन्ती परियार माथि छुरा र एसीड प्रहार गरेका हुन् । उनीहरु दुवैजना विवाहित हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेका थिए ।

बसन्ती गम्भीर घाइते भएकी छन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने विमल श्रीपालीलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्