केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुनियाँकै ठूलो लामखुट्टे भेटियो चिनमा

सहयात्रा टिभी

एजेन्सी । असोज–९, विश्वकै सबैभन्दा ठूलो आकारको लामखुट्टे चिनमा फेला परेको छ । सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुले यो भिमकाय लामखुट्टेको खोजी गरेका हुन् । पखेटा फैलाउँदा यो लामखुट्टेको आकार ११.१५ सेन्टिमिटर हुन्छ ।

यो लामखुट्टे हालोरुसिया मिकादो प्रजातिको हो । यो लामखुट्टे देख्दामा निकै डरलाग्दो देखिन्छ । तर यसले मानिसको रगत चुस्दैन । फलफूलको रस आदि यसको आहारा हो ।

विज्ञहरुका अनुसार विश्वमा लामखुट्टेका हजारौँ प्रजातिहरु छन् । त्यसमा केही १ सय जति प्रजातिहरुले मात्र मानिसको रगत चुस्ने तथा अन्य खाले स्वास्थ्य समस्या सिर्जना गर्ने गर्दछन् । गत अगष्टमा चीनमा पहिलो पटक यो प्रजातिको सबैभन्दा ठूलो लामखुट्टे फेला परेको हो ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्