बंगबन्धु कपमा किन अटाएनन् किरण र रोहित ?

काठमाण्डौं । असोज–१०, नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द बंगबन्धु कपमा अटाएका छैन्न । नेपालले ढिलोगरी भाग लिने निर्णय गरेकाले किरण र रोहित नेपाली टोलीमा नअटाएका हुन् ।
किरण माल्दिभ्सको टिसी स्पोर्टस् क्लब र रोहित इन्डोनेशियाली क्लब पर्सिजा जाकार्तामा पहिले नै अनुबन्धित भएका कारणले नेपाली टोलीमा नपरेका हुन् ।
विदेशी क्लबमा आबद्ध दुईजनालाई पत्राचार गर्न ढिलाइ भएको र क्लबले नमान्ने भएका कारण टोलीमा समावेश नहुने नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए । “क्लबको आफ्नो नियम हुन्छ, समयमै पत्राचार गरेन भने पठाउँदैन,” प्रशिक्षक महर्जनले भने, “दुवैजना टोलीका लागि अनुभवी खेलाडी हुन्, अभाव अवश्य हुने नै छ । उनीहरुको स्थानमा युवा खेलाडी आउनेछन् ।”