केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकै ठूलो बियर फेस्टिवल सुरु

सहयात्रा टिभी

एजेन्सी । असोज–१०, जर्मनीको म्युनिखमा विश्वकै भव्य मदिरा पर्वको रुपमा रहेको अक्टोबरफेस्ट सुरु भएको छ । लगातार १७ दिनसम्म चल्ने यो बियर फेस्टिबलमा सहभागी हुन विश्वभरका मानिसहरु म्युनिख पुगेका छन् । अहिले शहर पुरै रमझम भएको छ । म्युनिखमा हरेक वर्ष बियर फेस्टिबलको आयोजना हुन्छ । पर्वमा म्युनिखबासीहरु पारम्परिक वस्त्र लगाएर घोडाको रथमा चढेर रक्सी पर्वमा जान्छन् ।

यो मदिरा पर्वमा मानिसहरु बियर पिउनुको मज्जा लुट्दछन् । म्युनिख सहरको हरेक सडक झकिझकाउ हुन्छ । सबैका हातमा बियरको मग हुन्छ । बियरको नशामा झुमिरहेका हुन्छन् । झुण्डझुण्डमा युवायुवतीहरु हुन्छन् । हरेक उमेरका मानिसहरु यो फेस्टिबलमा रमेका हुन्छन् ।

पर्वमा बियरसँगै जर्मनीका परम्परागत परिकारहरुको स्वाद पनि लिन पाइन्छ । गत २२ सेप्टेम्बरबाट सुरु भएको यो पटकको १ सय ८५ औँ बियर पर्व आगामी अक्टोबर ७ सम्म चल्नेछ

प्रकाशित : 26 September, 2018

प्रतिक्रिया दिनुहोस्