पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		 काठमाण्डौं । असोज–१०, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन्। बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै दाहालले सो आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनले पुरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गइरहेको पनि स्मरण गराए। अध्यक्ष दाहालले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले नाफाको सुनिश्चित हुने ग्यारेन्टी राज्यले गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्ने पनि स्पष्ट पारे।
अध्यक्ष दाहालले सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यामको रुपमा मात्रै लिन नहुने पनि बताए। उनले मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए।