केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–११ ,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफन्त र साथीभाईसँग रमाइलो भेट हुने अवसर प्राप्त हुने छ । मनमा हर्ष उल्लास छाउने छ । सोचेको काम बन्ने हुँदा खुसी मिल्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा आर्थिक संकलन हुन नसक्दा काममा बाधा उत्पन्न हुन सक्छ । थोरै कामको लागी धेरै मेहनत गर्नु पर्नेछ । अरुको काममा समय खर्च हुने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशिष्ट व्यक्तिहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने हुँदा फाइदा हुनेछ । साइनो गाँस्दै आउनेहरुले दुख दिन सक्छन, सतर्क रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्नुको साथै नयाँ काममो सुरु हुने योग छ । सुख दुखमा साथ दिने प्रसस्त भेटिने छन् । स्वास्थ्यमा सुधार आउने छ । बिग्रिएको काम बन्ने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जिम्मेवारी थपिने छ । परिस्थितिले सघर्षपूर्ण यात्रातर्फ डोहो¥याउ सक्छ । स्वास्थ्यको ख्याल राख्नु होला । खानपानमा विशेष ध्यान दिनुहोला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिबन्धले केहि झमेला निम्त्याउन सक्छ । स्वास्थ्यमा पनि केहि कमजोरि देखिन सक्छ । वादविवाद हुने सम्भावना भएकाले बोलि व्यवहारमा ध्यान दिनु होला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा उत्रिनु पर्ने हुन्छ । शिक्षा क्षेत्रमा राम्रै उपलब्धि हाँसिल हुने छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुने योग छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। रमाइलो यात्राको योग छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरेलु काम सम्पादन हुनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। शुभचिन्तकहरुको साथ मिल्ने छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। दिन सामान्य रहने छ । साझँपख हर्ष छाउने छ । खुसीको खबर सुन्न पाउने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरुको साथ र सहयोगले बिग्रिन लागेको काम पनि बन्ने छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ, सजग रहनुहोला।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्