केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया कप : पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा

सहयात्रा टिभी

एजेन्सी । असोज–११, युएईमा भइरहेको एसिया कप क्रिकेट बुधबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ । सुपर फोर राउण्ड अन्तर्गत भएको हिँजोको खेलमा मुस्फिकर रहिमको ९९ रन तथा मुस्ताफिजुर रहेमानको ४ विकेट मद्दतमा बंगलेशले पाकिस्तानलाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले सात बल अगावै अलआउट हुँदै २३९ रन बनाएको थियो। जवाफमा पाकिस्तानले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लागि रहिमले सर्वाधिक ९९ रन बनाए। मोहम्मद मिथुनले ६० रन जोडे। पाकिस्तानका जुनैद खानले ४ तथा साहिन अफ्रिदी र हसन अलीले २-२ विकेट लिए।

पाकिस्तानका लागि इमाम उल हकले ८३ तथा आसिफ अलीले ३१ रन बनाए। बंगलादेशलाई जित दिलाउन रहेमानले ४ तथा मेहदी हसन मिराजले २ विकेट लिए। अब उपाधिका लागी बंगलादेशले भारतसँग भिड्नु पर्ने छ ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्