केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यान्सरको जोखिम हटाउन नियमित खानुस् यस्ता खानेकुराहरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–११, आजभोलि क्यान्सर रोग निकै मौलाउँदै गएको छ । प्रदुषित वातावरण, खानपानमा लापरवाहि र व्यस्त जीवनशैलीका कारण मानिसहरु क्यान्सरबाट पिडित हुने गरेका छन् । क्यान्सर रोगबाट पिडित हुनु भन्दा पहिले नै हामी आफुलाई सतर्क राख्न सक्छौँ । यसका लागी खानपानमा विशेष ध्यान दिनुपर्छ ।

क्यान्सर रोगको जोखिम हटाउन निम्न खानेकुराहरुको नियमित सेवन गर्न सकिन्छ ।

–ओखर
ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तŒवले स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।

–लसुन
लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ ।

–ब्रोकाउली

काउली परिवारका सबै तरकारीमा क्यान्सर निरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।

–गोलभेँडा

गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तŒवले यसलाई रातो बनाउँछ । यही तŒवले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।

–सिमी

सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

–मसिना फलफूल

स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तŒव प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्