केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सट्टेबाज किङ ‘नागराज’को अवैध धनमा सम्पत्ति शुद्धिकरणले अनुसन्धान थाल्दै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–११, इन्डियन प्रिमियर लिग (आईपीएल), विश्वकप फुटबल लगायतका खेल प्रतियोगितामा करोडौंको सट्टेबाजी खेलाउने गिरोहका नाइके अमृत अग्रवालउर्फ नागराजमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार ९ गते धनुषा जिल्ला जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानीपोखरीमा बस्ने अग्रवाललाई पक्राउ गरेको थियो ।
सिफलका राकेश सिंह लगायतका व्यक्तिहरुबाट आर्इपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर उनले २ करोड ४० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

जिल्ला अदालत, काठमाडौंले ३ साउनमा उनलार्इ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि, २१ भदौमा उच्च अदालत, पाटनले ४० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दियो ।

अनु्सन्धानका क्रममा उनले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको खुलेपछि नागराजलाई सम्पत्ति शुद्धिकरण ऐन, २०६४ अन्तरगत कारबाहीका लागि विभाग पठाइएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्