आज नेप्से १० अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–११, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन बिहीबार १० दशमलव ५६ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि नै घटेको बजार अङ्कले घटेर बन्द भएको हो ।

१ हजार २ सय ७७ दशमलव ८५ अङ्कबाट सुरु भएको बजार १० अङ्क घट्दै १ हजार २ सय ६७ दशमलव १८ अङ्क कायम भएको छ । आज कारोबार सुरु भएदेखि घटेको बजार तीव्र उतराचढावबीच दोहोरो अङ्कले घटेको छ । ६ अङ्क ओरालो लागेको अवस्थाबाट उकालो लाग्दै बजारले सुरुवाती बजारको बिन्दु भेट्टाएको थियो । तर, लगत्तै बजार ओरालो फर्कंदै ९ अङ्कले घटेपछि केही स्थिर रहँदै दोहोरो अङ्कले घटेको हो ।

आज नेप्सेमा १ सय ६९ कम्पनीका ६ हजार ६ सय ५० कारोबारबाट २१ लाख ९२ हजार २ सय १ कित्ता सेयर किनबेच भई ५७ करोड २६ लाख ९१ हजार ६ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ दशमलव ८८ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको सेयर मूल्य ५ दशमलव ९० प्रतिशतले घटेको छ ।

आज बजार घटेको दिन दुई समूहबाहेक सबै समूहमा गिरावट आएको छ । होटल १३ दशमलव शून्य ५ र उत्पादनमूलक २६ दशमलव ४७ अङ्कले बढेको छ भने निर्जीवन बिमा ६७ दशमलव ०२, जीवन बिमा २९ दशमलव ०७, जलविद्युत् २१ दशमलदव ६४ र बैङ्किङ १२ दशमलव ५७ अङ्कले घटेको छ ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्