केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पीपीएलको लागि १७९ खेलाडीले नाम दर्ता गरे

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१२, पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० का लागि कुल १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

पीपीएलको लागि आयोजक क्वीस इभेन्ट्सले अनलाइनमार्फत खेलाडी दर्ता गरेको थियो। जसमा सिनियर क्याप्डमा ३० जना, क्याप्डको उमेर समुहमा ५७ जना र अनक्याप्डमा ९२ जना खेलाडीले नाम दर्ता गराएका छन्। अक्सनबाट ६० खेलाडी सहभागी ६ टिममा लिलाम हुनेछन्। आयोजकले बिहीवार लिग खेल्ने ६ फ्रेन्चाइज टिम र मार्की खेलाडीको नाम घोषणा गरिसकेको छ।

अक्सनमा क्याप्डमा राखिएको खेलाडीको बेस प्राइस ५० हजार र अधिकतम २ लाख ५० हजार राखेको छ। यस्तै क्याप्ड उमेर समुहको बेस प्राइज ५० हजार र अधिकतम १ लाख ५० हजार राखिएको छ भने अनक्याप्डमा रहेको खेलाडीको बेस प्राइज ३० हजार र अधिकतम एक लाख रहेको छ।

यसबाहेक सहभागी प्रत्येक टिमले दुई विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ। यस्तै लोकल आइकनका रुपमा दुई स्थानिय खेलाडी सबै टिमले राख्नुपर्नेछ।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्