केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकजना मात्र कलाकार भएको चलचित्र ‘यादें’ को गिनिज बुकमा नाम

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१२, कुनै पनि चलचित्र एक जना मात्र कलाकारबाट बनेको भन्दा निकै अनौठो लाग्नु, स्वभाविक हो । आजभोली कुनै एउटा सानो सर्ट मुभि पनि एउटा कलाकारबाट सम्भव हुँदैन । आजभोलीका चलचित्रहरुमा त अझ अथाहा कलाकारहरुको अभिनय रहेको हुन्छ । तर यो सत्य हो, हाम्रै छिमेकि मुलुक भारतमा एक जना मात्र कलाकार भएको चलचित्र सार्वजनिक भएको छ । साथै उक्त चलचित्रले गिनिज बुकमा नाम लेखाउन समेत सफल भइसकेको छ ।

भारतका सुनिल दत्तको निर्देशन र उनी नै कलाकार भएको चलचित्र यादेंले गिनिज बुक अफ वल्र्ड रिकर्डसमा समेत आफ्नो स्थान बनाउन सफल भएकोे छ ।  तर यो चलचित्र धेरै पहिले नै निर्माण भइ रिलिज भएको चलचित्र हो । यो ब्ल्याक एण्ड व्हाईट चलचित्र सन् १९६४ मा रिलिज भएको थियो । यो चलचित्रको सुरुवातमा नै स्पष्ट भनिएको थियो कि यो चलचित्र एकल कलाकार भएको संसारकै पहिलो चलचित्र हो ।

यो चलचित्रमा सुनिल दत्तले नै सबै भूमिका निर्वाह गरेका छन् । कथा अनुसार, सुनिल दत्तको चरित्र आफ्नो घर आउँदा उनकी श्रीमती र बच्चा घरमा हुँदैनन् । उनीहरुले आफूलाई छोडेर गएको सोच्छन् सुनिल । त्यसपछि एक्लै हुँदा उनी आफैसँग कुरा गर्छन् । विगतमा मोडिन्छ उनको मन । कहिले वरिपरिका बस्तुहरुसँग कुरा गर्छन् र कथा अगाडि बढ्छ । यस चलचित्रमा दुईवटा गीत समेत रहेको छ भने नायीकाको आवज पनि सुन्न पाइन्छ ।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्