केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घरघरमा बल्न थाल्यो वायोग्यास

सहयात्रा टिभी

विराटनगर । असोज–१३, विराटनगर- १४ स्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको बायोग्यास वितरण सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास पूनः सञ्चालनमा आएको हो ।

एकसाता यता घरमा नै वायोग्यास आउन थालेको उपभोक्ताहरुले बताएका छन् । उनीहरुले वायोग्यास आउन थालेपछि सिलिन्डरको प्रयोग छाडेको जानकारी समेत गराए ।

बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा बिजुली गडबड हुदा ‘मेम्ब्रेम’ मा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको थियो ।

प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक बोलाइएको थियो । सिड कन्सल्टेण्ट एण्ड इन्जिनियरिङ दिल्लीबाट आएका इन्जिनियरसहितको टोलीले मर्मत गरेको थियो ।

गौसेवा समितिले ८० घरमा वितरणको लक्ष्यसहित बायोग्यास वितरण प्रक्रियाको गत भदौ ५ गते उद्घाटन गरेको थियो । सुरुमा ३२ घरमा जडान गरिएको थियो । आवश्यक सामाग्रीको अभावका कारण बाँकि घरमा भने ग्यास जडान गर्न सकिएको छैन् ।

प्रकाशित : 29 September, 2018

प्रतिक्रिया दिनुहोस्