केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विवादित काममा लागिएला । मनमा चिन्ता हुनेछ । साँझमा खुसीको खबर सुन्नपाइने हुँदा केहि क्षण मन हर्षित हुनेछ । वैदेशिक रोजगारीबाट राम्रो आम्दानी हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक रोजगारीको लागी यात्राको अवसर मिल्नेछ । सञ्चित धन खर्च हुने योग छ । दिन केहि डर र केहि हर्ष सहित वित्ने छ । यात्रा गर्दा ध्यान दिनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
समय अनुकुल हुनेछ । कामबाट सन्तुष्टि मिल्ने योग छ । देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम तथा व्यवसायबाट राम्रो फाइदा हुनेछ । विहानमा केहि विवादित झमेला वेहोर्नु परेपनि दिउँसोबाट दिन सामान्य रहनेछ । सोचेको काम बन्न सक्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढा भएका साथिभाईसँग भेट हुनेहुँदा मनमा हर्ष छाउने छ । मिष्ठान्न भोजनको योग छ । व्यक्तित्वबाट साथीभाई प्रभावित पार्न सकिनेछ । प्रशंसा सुन्न पाइएला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा केहि बाधा देखिएपनि शुभचिन्तकहरुले साथ दिने हुँदा काममा सफल भइनेछ । दिन सामान्य तरिकाले वित्नेछ । परिवारसँगको सम्बन्ध मजबुत हुनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा खराबी देखिने हुँदा खानामा विशेष ध्यान दिनुपर्ला । अध्ययनमा मन नजाला । दाजुभाईको साथ मिल्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीभाई तथा इष्टमित्रसँगको रमाइलो भेटले मनमा हर्ष जगाउनेछ । भोजभतेरमा सहभागी हुन पाउने अवसर प्राप्त होला । कामबाट राम्रै उपलब्धि हाँसिल गर्न सकिनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । नयाँ काम गर्न पाउने अवसर प्राप्त होला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। अध्ययनमा मन लाग्नेछ । सृजनशिल काममा मन जाला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रा योजनाहरु गोप्य राखेको राम्रो हुनेछ । विश्वास गरेकाहरुबाट धोका होला । नाता गाँस्नेहरुसँग सतर्क रहनु पर्नेछ । समग्रमा दिन राम्रै वित्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ।

प्रकाशित : 29 September, 2018

प्रतिक्रिया दिनुहोस्