गृहमन्त्री बादल र भारतीय प्राकृतिक ग्यासमन्त्री प्रधानबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१२, नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले आज गृहमन्त्री रामबहादुर थापा’बादल’सँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल-भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए ।

दुई देशको सहकार्यमा निर्माण भइरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाइदाजनक रहेको टिप्पणी गरे । गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमासमेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

उनले नेपाल-भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधीन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्