केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘जय भोले’को प्रचार स्कुल कलेजमा, विद्यार्थीसँग सेल्फी लिँदै स्वस्तिमा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१४, दसैँको फुलपातिबाट रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को प्रचारका लागि नायिका स्वस्तिमा खड्का विभिन्न स्कुल कलेज पुगीरहेकी छन् । राजधानीमा रहेका स्कुल–कलेजका विद्यार्थीहरुसँग यस फिल्मका कलाकार तथा निर्देशकले प्रत्यक्ष भेटघाटसँगै साक्षात्कार गर्दै आएका छन् ।

फिल्मको प्रचारप्रसारका लागी स्कुल कलेजमा जाने, फिल्मको बारेमा जानकारी गराउने र फिल्म हेर्न प्रेरित गर्ने काम फिल्मकी नायीका स्वस्तिमासहित सम्पूर्ण टोलीले गरिरहेका छन् । सो अभियानका क्रममा उपत्यकाका धेरै स्कुल कजेजमा पुगीसकेको उक्त टोली मध्ये स्वस्तिमा भने विद्यार्थीहरुसँग फोटो तथा सेल्फी लिएर उनीहरुको नजीक भइरहेकी देखिन्छ । विधार्थीहरुसँग स्कुल कलेजमा ‘जय भोले सेल्फी’ पनि त्यत्तिकै लोकप्रिय बनेको छ । स्कुल कलेज यात्राका क्रममा चलचित्रबारे विधार्थीहरुलाई हाजिर जवाफ कार्यक्रममा सहभागी गराई पुरस्कार समेत प्रदान गरिएको छ ।

आईतबारबाट तीन दिनसम्म अरु काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजका विद्यार्थीहरुलाई फिल्मको विषयमा जानकारी दिइने जानकारी गराइएको छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

प्रकाशित : 30 September, 2018

प्रतिक्रिया दिनुहोस्