केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरेलु समस्या देखिन सक्छ, अलि सतर्क रहनुहोला । धेरै बोल्ने बानिले विवाद निम्त्याउन सक्छ । बोलि व्यवहारमा ध्यान दिनुपर्ला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
अवसर प्राप्त भएपनि उपयोग हुन सक्दैन् । आफैँले काम विगार्न सक्ने सम्भावना बढि छ । परिस्थिति प्रतिकुल हरनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक काममा संलग्न हुने योग छ । अरुको भलाइमा समय वित्नेछ । चुनौति देखिए पनि मेहनेतले काम बन्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पछिसम्म फाइदा हुने काममा संलग्न भइनेछ । खर्च बढ्नेछ । दिन सामान्य नै रहेपनि साँझपख मनमा हर्ष छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाई र आफन्तहरुको साथ र सहयोग पाउनुको साथै आँटेको काममा सफल भइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम देखाएर उपलब्धि हात पार्न सकिन्छ । अवसरहरु प्राप्त हुनेछन् । केहि समस्या देखिए पनि मेहनेतले काममा सफल भइनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नियमित काममा बाधा पर्न जाला । स्वास्थ्यमा समस्या देखिनुको साथै कामको बोझ समेत थपिनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केहि उतावचढाव हुन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । मेहनेतले काम बन्नेछ । खुसीको खवर सुन्न पाउने योग छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। आत्मविश्वास बढ्नुको साथै जोस र जाँगर पनि बढ्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। पेटको समस्या देखिन सक्छ । स्वास्थ्य कमजोर रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। मिष्ठान्न भोजनको योग छ । दिन रमाइलोका साथमा नै बिल्नेछ । मनमा हर्ष छाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा समस्या देखिन सक्छ । अरुको भर पर्नाले आँटेको काम नबन्ला । विश्वास गरेकाहरुसँग सतर्क रहनुहोला ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्