केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

सहयात्रा टिभी

जुम्ला । असोज–१५, जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो ।

जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउन लागिएको हो । यस खेलकूद मैदान निर्माणका लागि अहिले मैदान मिलाउने काम भइरहेको उनले बताए । सरकारको रु १५ लाख बजेटमा खेलमैदान मिलाइरहेका छौँ, यसको डिपिआर पनि बन्दैछ, प्रतिवेदन आउन बाँकी छ, उनले भने ।

कर्णाली प्रदेश खेलकूद गतिविधि, खेलकूद मैदान, रङ्गशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेका युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले खेलकूद मैदानको हालै सम्भाव्यता अध्ययनको कार्य शुरु गरिएको थियो । ‘कर्णाली रङ्गशाला’ निर्माणले एकातिर कर्णाली प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकूद पर्यटनका रूपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ ।

मालिका मावि लोडचौरमा हाइअल्टिच्युट टे«डिङ सेन्टरको डिपिआर तयार भएपछि उक्त विद्यालयलाई कहाँ लिने के गर्ने भन्ने निर्णय हुने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए । रासस

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्