केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पपुवा न्यू गिनी : बलात्कार र घरेलु हिंसालाई सामान्य मानिने देश

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१५, अस्ट्रेलियाको उत्तरमा रहेको ‘पपुआ न्यू गिनी’ देश महिलाहरुका निम्ति नर्क समान देश हो । याँहाका अधिकाशं महिलाहरु बलात्कृत भएकै हुन्छन् । एक अनुशन्धानका अनुसार यहाँका करिब ७० प्रतिशत महिला आफ्नो जीवनकालमा बलात्कृत अथवा कुनै न कुनै प्रकारको यौन हिंसाको शिकार हुने गरेका छन् ।

यस देशमा महिलाहरुलाई बलात्कार गर्नु, महिला हिंसा गर्नु सामान्य मानिन्छ । बलात्कार र घरेलु हिंसालाई यहाँ कुनै अपराध मानिन्दैन् । बलात्कार गर्ने र हिंसा गर्नेहरु पनि खुलेर नै गरेको हो भन्छन् । कसरी गरेँ भनेर पनि स्पष्ट व्याख्या गरिदिन्छन् । एउटै महिला फरक फरक व्यक्तिबाट, सामुहिक रुपमा पनि बलात्कृत हुन्छन् । महिलाहरुको कुरा कसैले सुन्दैन् । महिलाहरुले प्रहरीमा उजुरी दिन्छन् तर अपराधिलाई सजाय हुँदैन् । यो देशमा कानुन नै नभएको भने होइन् । बलात्कार गर्नेलाई पाँच वर्षको जेल सजाय दिने कानुन छ तर त्यो पनि लागु भने भएको पाइन्दैन् । याँहाका पुरुषहरु प्रहरी, क्यामरा, मिडिया केहिसँग पनि डराउँदैनन् ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार यो देशमा सन् २०१८ को जनवरीदेखि मेसम्म ६००० घरेलु हिंसा र बलात्कारका घटना दर्ता भएका छन् । यी दर्ता भएका घटनाहरु त धेरै कम हुन् । यो संख्या भन्दा अत्याधिक बढि संख्यामा उक्त क्षेत्रमा महिलाहरु हिंसामा पर्ने गर्छन् ।

विविसिले उक्त क्षेत्रमा गएर गरेको अनुसन्धानबाट स्पष्ट भएको छ कि उक्त क्षेत्रका सबै महिलाहरु डर र त्रासमा नै जीवन गुजारिरहेका छन् । सहरमा यति हिंसा भएको छ की सरकारले यहाँ सेफ हाउससमेत बनाउनु परेको छ । सेफ हाउसमा बीबीसीले एकजना यस्तो मान्छेसँग भेट गरेको छ की जुन गएको दुई महिनादेखि आफ्ना बच्चाहरुसँगै यहाँ बसिरहेकी छिन् ।

सन् २००० मा उनको बिहे भयो । १७ वर्षसम्म उनले घरेलु हिंसा सहिन् । उनले भनिन्, ‘उ मलाई धेरै पिट्थ्यो । यसै वर्ष उसले मेरो हात चिरिदिएको थियो, हत्केलामा ३५ टाँका लगाउनु पर्यो । तर पनि उ मलाई पिट्दै रह्यो, म डराएर घरबाट भागेँ, भग्दा मेरो दाहिना खुट्टा भाँचियो ।’उनको श्रीमान उनलाई आफ्नो ‘सम्पत्ति’ सम्झिन्थ्यो । उसका परिवारका अन्य सदस्यले पनि उसलाई हिंसा गर्नबाट रोक्न सक्दैनथे ।

६९ वर्षीया मैरिसा नाम गरेकी महिलाको पनि पिडा कम छैन् । उनलाई आफ्नै ज्वाइँले बलात्कार गर्ने प्रयास गर्नुको साथै छालाको पेटिले पिट्ने पनि गर्थे । उनी भागेर सेफ हाउसमा शरण माग्न आएकी थिइन् । उनी ज्वाइँले यौन सम्बन्धको लागी जबरजस्ती गर्लान भनेर उनी घर जान नै डराएकी थिइन् । उनका अन्य दुई छोरीलाई समेत उसले बलात्कार गरिसकेको छ । उसले आफ्नै श्रीमतिलाई पनि घरेलु हिंसा गरिरहन्छ ।
यी त केहि प्रतिनिधि पात्र मात्र हुन् । यस्तो घटना यस देशका प्रत्यके घर र प्रत्येक महिलाहरुमा घट्ने गर्छ । याँहाका अधिकांश महिलाहरुको आँखामा त्रास र भय स्पष्ट देख्न सकिन्छ । याँहा पुरुषहरुले आफ्ना नाताका दिदिबहिनिहरु पनि चिन्दैनन् । सानासाना बच्चिहरुलाई पनि छाड्दैनन्, मानौँ बलात्कार याँहाका संस्कृति नै भइसकेको छ ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्