केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–१६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्ना विरोधिहरुले आफ्नो कमजोरिको फाइदा उठाउन सक्नेछन्, सतर्क रहनुहोला । घरमा केहि असमझदारी आउन सक्छ, बुद्धिमानि ढङ्गबाट निर्णय लिनुहोला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
अनावश्यक ठाउँमा खर्च बढ्ने छ । विवादित मामिलामा पर्ने सम्भावना देखिन्छ । मित्रहरुको साथ र सहयोग मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्नेछ । खर्च अभावका कारण चिताएको काम नबन्न सक्छ । समय प्रतिकुल रहनेछ । आत्मबल कमजोर नबनाइ काम गर्नाले हार भने हुने छैन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
राजनीति तथा नोकरीमा केही चुनौती देखापर्न सक्छन्। पदासीन व्यक्तिहरूसँग मतभेद बढ्नेछ। मिहिनेतले मात्र आँटेको काम बन्न सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय अनुकुल रहने छ । समस्याहरु समाधान हुनेछन् । जिम्मेवारी थपिनेछ । दिन सामान्य नै रहनेछ । मिष्ठान्न भोजनको योग छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रतिस्पर्धीहरूले भने विभिन्न अवरोध सिर्जना गर्लान्। आँट र प्रतिभाद्वारा अरूलाई उछिन्न सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्