केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इंग्लिस प्रिमियर लिग : बोर्नमाउथ २–१ ले विजयी

सहयात्रा टिभी

एजेन्सी । असोज–१६, इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले हराएको छ । सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई पराजित गरेको हो । खेलको पाँचौ मिनेटमा नै ब्रुक्सले गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको बोर्नमाउथले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो ।

खेलको ५५ औं मिनेटमा भानले गोल गर्दै क्रिस्टल प्यालेसलाई बराबरीमा पुर्‍याएका थिए । तर खेलको ८७औं मिनेटमा आएर क्रिस्टल प्यालेसले आफ्नै गल्तिको कारण पेनाल्टीबाट गोल खान पुग्यो । पेनाल्टीबाट बोर्नेमाउथका स्टानिलासले गोल गर्दै २-१ गोलको जित दिलाएका थिए ।

जितपछि सातौ स्थानमा उक्लिएको बोर्नमाउथको ७ खेलबाट १३ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ । सिटीको ७ खेलबाट १९ अंक रहेको छ ।

त्यस्तै, समान ७ खेलबाट १९ अंक नै जोडेको लिभरपुल गोलको आधारमा दोस्रो स्थानमा छ । चेल्सी ७ खेलबाट १७ अंक बनाउँदै चेस्रो स्थानमा रहंदा टोटनहृयाम ७ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा छ ।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्